सिकार खेल्ने क्रममा बन्दुकले लागेर गुरुङको मृत्यु

ताप्लेजुङ | चैत १४, २०७९

सिकार खेल्ने क्रममा बन्दुकले लागेर गुरुङको मृत्यु

ताप्लेजुङ:  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा भरुवा बन्दुकको छर्रा (गोली) लागेर एक जनाको मृत्यु भएको छ । गए राति सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका –३ हाङ्पाङका ५२ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । 

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय बीर  गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु भएको हो । हाङ्पाङस्थित कालीदह जङ्गलमा सिकार खेल्न गएका गुरुङको सोमबार राति करिब १० बजेतिर छर्रा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

 

घटना लगत्तै हाङ्पाङ प्रहरी चौकीको टोलीले बीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको पनि कार्कीले बताउनुभयो । उहाँका अनुसार घटनाको मुचुल्कासहित कानुनी प्रक्रिया पुरा गर्न दोभान इलाका प्रहरी कार्यालय चाँगेबाट प्रहरी टोली गएको छ । 

 

घटनास्थलको कानुनी प्रक्रिया पुरा गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम फुङ्लिङ ल्याइनेसमेत प्रहरीले जनाएको छ । यता घटनाको विषयमा थप अनुसन्धानको कार्य सुरु भएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्